All blog posts are base on evidence and fact

HealthNeuro & Science

संसारको सबैभन्दा आरामदायी गीत जस्ले चिन्ता ६५% सम्म घटाउछ (गीत सहित)

Share

पेन्सिलभेनिया विश्वविद्यालय (University of Pennsylvania )का वैज्ञानिकहरूले एक गित लाई चिन्ता (Anxiety) घटाउने संसार कै सबै भन्दा प्रभाबसाली गीत भनेर दाबी गरेका छन्।

सुन्नै पर्ने गीत जस्ले Anxiety लाई ६५% कम गराउछ !

२०१९ मा Regional Anesthesia and Pain Medicine मा प्रकासित शोधपत्रमा भनिएको छ तनाव नियन्त्रण गर्न प्रयोग हुने औषधिले स्वास र रगत प्रवाहमा असर पार्न सक्छ । त्यसकारणले तनाव कम गर्न औषधी भन्दा अरु विकल्पको खोजि गर्न यो अध्ययन गरिएको थियो।

अध्ययनका लागि १५७ वयस्कलाई दुई समूहमा विभाजन गरियो – पहिलो समूहलाई १-२ मिलिग्राम मिडाजोलाम (1 -2 mg,midazolam) दिइयो जुन तनाव कम गर्ने औषधि हो । दोस्रो समूहलाई गित सुनाइयो जुन गीत मारकोनी युनियनको “वेटलेस” (“Weightless“) गीत रहेको थियोे (जुन तल उपलब्ध छ) ।

दुबै समुहमा चिन्ता स्तर जाँच्दा, संगीत सुनेको समूहको तनावको स्तर औषधि सेवन गर्न समुहको जस्तै कम भएको पाईयो। यसै परिणामको आधारमा वैज्ञानिकहरुले संगीतले तनाव कम गर्न प्रभावकारी भूमिका खेल्ने बताए।

Weightless गित

वैज्ञानिकहरूका अनुसार यो (“Weightless“) गित ३-५ मिनट सुन्दा चिन्ता ६५% सम्म कम हुन सक्ने बताए। यो गीतले तनाव कम गर्नुका साथै मुटुको चाल कम गराउने, रक्तचाप घटाउने, स्वास दर घटाउने र तनाव हरमोन कम गर्ने बताइएको छ। यि सबै कारणले गर्दा यो गीत चिन्ता कम गर्न र निद्रा समस्या भएकाहरूलाई पनि राम्रो निद्राको लागि पनि यो गीत सुन्न उपयुक्त मानिन्छ।

-डा. रमेश परियार


Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *